ग्राण्डीमा भर्ना भएका दुईजनामा कोरोना भाइरस भेटिएन 



Download our app to get more features

काठमाडौं, ३ चैत । कोरोना भाइरसको आशंका राजधानीको ग्राण्डी अस्पतालमा भर्ना भएका भनिएका दुईजना बिरामीमा संक्रमण नभएको पाइएको छ । 

कोरोना भाइरसको जस्तै लक्षण देखापरेका दुईजना बिरामी अस्पतालमा आएको तर उनीहरुमा भाइरस संक्रमण नरहेको अस्पतालले जनाएको छ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहेका बेला नेपालमा पनि त्रास व्याप्त छ भने सामान्य फ्लूका बिरामीहरु पनि आतंकित भएको अवस्था छ । हालसम्म नेपालमा एकजना बाहेक अरुमा कोरोना संक्रमण भएको पाइएको छैन । यद्यपी युरोपेली मुलुकमा भने भाइरसले महामारीको स्वरुप लिएर जनजीवन अस्तव्यस्त भएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts