कोरोना भाइरसः डडेल्धुराको दुई अस्पतालमा आइसोलेसन कक्ष, दुई सीमा नाका बन्द



Download our app to get more features

डडेल्धुरा, ३ चैत्र । डडेल्धुराका दुईवटा ठूला अस्पतालमा आइसोलेसन वार्ड (अलग कक्ष) तयार पारिएको छ । कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन र कोही संक्रमित भइहाले उपचार र रोकथामका लागि जिल्लाको डडेल्धुरा अस्पताल र भित्रि मधेश जोगबुढास्थित परशुराम नगरपालिकामा रहेको जोगबुडा अस्पतालमा एउटा/एउटा अलग कक्षा बनाइएको छ ।

डडेल्धुरा अस्पतालमा पाँच शैया र जोडबुडा अस्पतालमा तीन शैया क्षमताको अलग कक्ष निमार्ण गरी आवश्यक औषधि पनि स्वास्थ्य कार्यालयले व्यवस्थापन गरिसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

दुई सीमा नाका बन्द 
कोरोना भाइरसबाट जोगिन डडेल्धुराको परशुराम नगरपालिकाअन्तरर्गत भारतीय सीमासँग जोडिएका दुई नाका बन्द गरिएका छन् । परशुराम नगरपालिकाको तातोपानी सिसमजालाघाट र परिगाँउ बाङघाट नाका चैत्र ४ गते देखि अनिश्चित कालका लागि बन्द गर्ने निर्णय गरिएको हो ।

सीमा नाकामा हेल्थ डेस्क स्थापना भएपनि आवश्यक स्वास्थ्य सुरक्षाको अभावका कारण नाका बन्द गरिएको परशुराम नगरपालिकाका नगरप्रमुख भिमबहादुर साउँदले बताए ।
 
स्थानीय ती नाकाबाट दैनिक उपभोग्यका सामानदेखि अन्य लत्ताकपडा र खाद्यान्य किनबेच गर्ने गर्दछन् ।

Last modified on 2020-03-16 13:53:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts