कोरोना भाइरस नियन्त्रणकालागि लण्डन सरकारले बनायो कडा नियम

उल्लघंन गर्नेलाई यस्तो छ कारबाहीको व्यवस्था



Download our app to get more features

लण्डन, ३ चैत्र । लण्डन सरकारले कोरोना भाइरस नियन्त्रणका लागि बनाइएका नियम उल्लघंन गर्नेलाई कडा कारबाही गर्ने भएको छ ।

लण्डन सरकारले कोरोना भाइरसको विरुद्ध बनाइएका नियम तोड्नेलाई ९१ हजार २ सय ९४ रुपैयाँ जरिवाना गरिने छ । वा जेल सजाय पनि हुन सक्ने व्यवस्था गरिएको छ । 

लण्डनमा कोरोना भाइरसका कारण अहिलेसम्म ३५ जनाको मृत्यु भइसकेको छ भने एक हजारभन्दा बढी संक्रमित भएका छन् ।

लण्डनबाट प्रकाशित टेलिग्राफका अनुसार लण्डनमा यदि कुनैपनि व्यक्ति आफूलाई क्वारेन्टाइनमा राख्न मान्दैन भने ती व्यक्तिलाई जेल सजाय हुन सक्छ वा जरिवाना हुन सक्छ । साथै भाइरसको जाँच गर्न नमान्नेलाई पनि यो सजायको व्यवस्था गरिएको छ । 


लण्डनमा कोरोना भाइरस विरुद्धको कारबाहीलाई लिएर प्रहरीलाई थप अधिकार पनि दिने अनुमान गरिएको छ । यसको औपचारिक हुन भने बाँकी छ । प्रहरीले पाएको अधिकारपछि आशंका लागेका व्यक्तिलाई पक्राउ गर्न सकिनेछ ।

"हेल्थ प्रोटेक्शन प्रावधान २०२०" का अनुसार सरकारले जो व्यक्ति कोरोना भाइरस फैलाउनमा आशंकित देखिन्छन् उनलाई सुरक्षित हस्पिटल वा अन्य सुरक्षित स्थानमा लगेर १४ दिनसम्म राखिनेछ ।


कोरोना भाइरससँग सम्बन्धीत नियम उल्लघंन गर्नेलाई लण्डनमा क्रिमिनल अफेन्स मानिने छ । नयाँ प्रावधान अन्तर्गत आशंकित व्यक्तिको जाँचपनि अनिवार्य गरिएको छ । साथै मानिसलाई आवतजावत गर्दा समयको सम्पूर्ण जानकारी र कोको व्यक्तिसँग भेटे तीनको पनि जानकारी दिनुपर्नेछ ।

Last modified on 2020-03-18 15:27:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts