ग्राण्डी अस्पतालमा भर्ना भएका झापाका बिरामीमा कोरोना नभएको पुष्टि



Download our app to get more features

काठमाडौं, ३ चैत्र । ग्राण्डी इन्टरनेशनल हस्पिटलमा कोरोनाको आशंकामा भर्ना भएका बिरामीमा कोरोनाको संक्रमण नभएको पाइएको छ ।

झापाबाट कोरोना भाइरसको आइतवार अस्पताल भर्ना भएका बिरामीमा कोरोना नभई फ्लू देखिएको ग्राण्डी अस्पतालले जनाएको छ ।

विराटनगरको नोबेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई प्रारम्भिक जाँचपछि कोरोना भाइरस सङ्क्रमणको आशंकामा काठमाडौं रेफर गरिएको थियो ।

अस्पतालका डा चक्रराज पाण्डेले फ्लूका कारण निमोनिया समेत भएका ती बिरामीको आइसीयूमा राखेर अहिले उपचार भइरहेको बताए ।

उक्त विरामीको फ्लू लगायत अन्य संक्रमणको सम्पूर्ण जाँच गराएको छ भने साँझसम्ममा रिपोर्ट आइसक्ने उनले बताए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts