लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना आशंका गरिएका बिरामीको रिपोर्ट नेगेटिभ

रुपन्देही, ३ चैत्र । लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा कोरोनाभाइरस संक्रमणको आशंकामा अस्पतालको आइसोलेसन वार्डमा राखिएका एक जनाको बिरामीको रिपोर्ट नेगेटिभ आएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र प्रसाद खनालले कोरोना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिएको परीक्षणमा २१ वर्षका युवकको रिपोर्ट नेगेटिभ देखिएकोे बताए ।
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘कोरोना भारइरस संक्रमणको जस्तै मिल्दोजुल्दो लक्षण देखिएकाले आइसोलेसन वार्डमा राखेर उपचार गरेको भन्दै उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट नेगेटिभ रिपोर्ट आएको जानकारी गराए । उभनले भने, ‘उनमा कोरोना संक्रमण नभएको पुष्टि भएको तर, कडा निमोनिया भएको हो र उपचार पनि सुरु भएको छ ।’
उनी केहि समयअघि दक्षिण कोरियाली नागरिकसमेत सहभागी भएको एक तालिममा सहभागी भएका थिए । उच्च ज्वरो आएपछि उनलाई बिहीबार लुम्बिनी अस्पतालमा भर्ना गरिएको थियो ।
लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमणको आशंमा आउने बिरामीका लागि २ वटा आइसोलेशन वार्ड तयारी अवस्थामा राखिएको छ ।