कोरोना संक्रमणको आशंका गरिएका झापाका एक व्यक्ति ग्रान्डी अस्पतालमा

झापा, २ चैत । कोरोना भाइरस (कोभिड–१९ ) सङ्क्रमणको आशङ्कामा झापाका एक व्यक्तिलाई उपचारका लागि काठमाडौँ पठाइएको छ।
प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी पुरुषलाई प्रारम्भिक जाँचपछि कोरोना भाइरस सङ्क्रमणको आशङ्का गरिएको हो।
उनका अनुसार चिकित्सकले उपचारका लागि उनलाई काठमाडौँ रिफर गरेका छन्। ‘कोरोना भाइरस सङ्क्रमण भएको आशङ्का चिकित्सकहरुले प्रारम्भिक जाँचपछि गर्नुभएको छ’, प्रजिअ रानाले भने, ‘उपचारका लागि डाक्टरको सिफारिसमा उनलाई आजै ग्राण्डी हस्पिटल लगिएको छ।’
Last modified on 2020-03-18 15:33:54