बझाङका ६ स्थानीय तहमा दादुरा–रुबेला खोप अभियान शुरु



Download our app to get more features

बझाङ, २ चैत । बझाङका ६ स्थानीय तहमा दादुरा–रुबेलाविरुद्धको खोप लगाउने अभियान सुरु भएको छ । १२ वटा स्थानीय तह रहेको बझाङको जयपृथ्वी नगरपालिका, बुंगल नगरपालिका, मष्टा गाउँपालिका, बिथ्थडचिर गाउँपालिका, थलारा गाउँपालिका र केदार स्युँ गाउँपालिकामा दादुरा–रुबेला विरुद्धको खोप लगाउने अभियान सुरु भएको स्वास्थ्य कार्यालय बझाङका प्रमुख तथा खोप अधिकृत भानु जोशीले बताए । 

बझाङमा दुई चरणमा खोप अभियान सञ्चालन गरिनेछ । पहिलो चरण अन्तर्गत १ देखि ९ चैतसम्म अभियान सञ्चालन हुनेछ भने दोस्रो चरण १५ देखि २३ चैतसम्म चल्नेछ । दोस्रो चरणमा जिल्लाको छबिसपाथीभरा गाउँपालिका, खप्तड छान्ना गाउँपालिका, सुर्मा गाउँपालिका, साइपाल गाउँपालिका, दुर्गाथली गाउँपालिका र तल्कोट गाउँपालिकामा खोप अभियान संचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । 

खोप अभियान अन्तर्गत जिल्लाभरिका करिब २४ हजार बालबालिकालाई खोप लगाइनेछ । जन्मेको ९ महिनादेखि ५ वर्षसम्मका सम्पूर्ण बालबालिकालाई खोप लगाइने जनाइएको छ । 
सरकारले सन् २०२३ भित्र नेपाललाई दादुरा–रुबेलामुक्त घोषणा गर्ने लक्ष्यका साथ अभियान थालेको हो । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts