कोरोना रोकथाम र नियन्त्रणमा विशेष तयारी गरेको छौं : मन्त्री ढकाल

काठमाडौं, २ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना (कोभिड–१९) भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले विशेष तयारी गरिरहेको बताएका छन् । राष्ट्रिय सभामा आइतबार उनले सरकारले गरिरहेको तयारी बारे जानकारी गराएका हुन् ।
उनका अनुसार सञ्चार मन्त्रालयका प्रवक्ता र स्वास्थ्य मन्त्रालयका तर्फबाट नियमित सूचना जारी गर्ने, मन्त्रालयमा पत्रकार सम्मेलन गरेर जानकारी दिने, सात दिनभित्र स्वाब टेष्ट रिपोर्ट प्रमाणित भएपछि मात्र इन्ट्रीको व्यवस्था गरेको छ । यस्तै, विदेशी नागरिकको सन्दर्भमा सेल्फ क्वारेन्टाइन, अति जोखिमयुक्त मुलुकबाट आएका आफ्ना नागरिकलाई होम क्वारेन्टाइन, बाहिरबाट कोही आयो भने स्वयंलाई
कथमकदाचित भाइरस आयो भने समाज र परिवारमा असर नसरोस भने होम क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाएको उनको भनाइ छ । यस्तो अवस्थामा कोरोना संक्रमण पुष्टि भए सबै जिम्मेवारी सरकारले लिनेछ । यस्तै
मेडिकल कलेज, चिकित्सक, नर्स, स्काउट, रेडक्रसलाई सक्रिय गराउने, सरकारी र गैरसरकारी क्षेत्रका अस्पताललाई पनि सक्रिय बनाउने लगातयमा पनि सरकार लागेको उनको भनाइ छ ।
विश्व स्वास्थ्य स्ंगठन (डब्लुएचओ) लगायत संस्थाले पनि नेपालले कोरोना रोकथामा गरेको तयारीको प्रशंसा गरेको उनले बताए । यस्ता योजनाका कारण सरकारले विश्वास आर्जन गरेको उनले बताए । सो क्रममा नागरिकले पनि सावधानी अपनाउनु पर्ने र राज्यले सधै अभिभावकको व्यवहार गर्ने प्रतिवद्धता जनाए ।
मन्त्री ढकालले देशभरमा २ सय ३५ शय्या आइसियु कोरोनाका बिरामीको उपचारका लागि तयारी अवस्थामा राखिएको जानकारी दिए। उनका अनुसार उपत्यकामा १ सय २० र उपत्यकाबाहिर १ सय १५ गरी २ सय ३५ वटा आइसियु तयारी गरिएको हो। काठमाडौंमा कोरोनाका बिरामीका लागि तीन वटा अस्पताललाई पनि तयारी अवस्थामा राखिएको उनले जानकारी दिए। उनका अनुसार कोरोनाको संक्रमण देखिएका ती तीन अस्पतालमा कोरोनाका बिरामीको मात्र उपचार हुने व्यवस्था गरिने छ। अन्य बिरामीलाई अन्य अस्पतालमा उपचारको व्यवस्था गर्ने तयारी भएको हो।