कोरोना भाइरसलाई लिएर सतर्कता अपनाउनुपर्ने भन्दै स्वास्थ्यकर्मीलाई बिदामा नबस्न मन्त्रालयको परिपत्र
काठमाडौं, १ चैत्र । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखि स्वास्थ्यकर्मीलाई बिदामा नबस्न निर्देशन दिएको छ ।
मन्त्रालयका उपसचिव प्रमोद सिंखडाले शुक्रवार परिपत्र जारी गर्दै विश्वभर नोवेल कोरोना भाइरसको संक्रमण फैलिरहँदा नेपालमा पनि त्यसको सतर्कता र सचेतना अपनाउनुपर्ने भएकाले देशभरमा कार्यरत स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेक बिदामा नबस्न निर्देशन जारी गरेको छ ।
मन्त्रालयले जारी गरेको परिपत्रः