देशभर भेटिए ३६ जना डेंगु संक्रमित, सबैभन्दा धेरै प्रदेशमा ५ मा 



Download our app to get more features

काठमाडौं १ चैत । गर्मीको मौसम सुरु भएसँगै देशभर डेंगुका बिरामी देखिन थालेका छन् । 

स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार प्रदेश १, बागमति, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा गरि ३६ जना बिरामीमा डेंगु संक्रमण फेला परेको हो । 

महाशाखाका अनुसार प्रदेश १ मा ६ जनालाई डेंगु देखिएको छ । प्रदेश १ को झापामा १ जना मोरंगमा ३ जना र सुनसरीमा एकजना डेंगु संक्रमितको पहिचान भएको छ । त्यस्तै, बागमती प्रदेशमा ९ जनामा संक्रमण देखिएको छ । प्रदेश ३ को नुवाकोटमा एकजना, काठमाडौंमा ३ जना, ललितपुरमा ३ जना, रामेछापमा ३ जना र मकवानपुरमा १ जना संक्रमित भेटिएका छन् । 

गण्डकी प्रदेशको गोरखामा एकजना, म्याग्दीमा एकजना, कास्कीमा २ जना र नवलपरासी सुस्तापूर्वमा १ जना गरि ५ जनामा डेंगु संक्रमण फेला परेको महाशाखाले जनाएको छ । 
महाशाखाको तथ्यांक अनुसार सबैभन्दा धेरै संक्रमित प्रदेश ५ मा भेटिएका छन् । प्रदेशमा नवलपरासी पश्चिममा १ जना, रुपन्देशीमा ११ जना, कपिलवस्तुमा १ जना र बाँकेमा एकजना संक्रमित फेला परेका छन् । 

सुदूरपश्चिम प्रदेशमा भने २ जनामा डेंगु भेटिएको छ । डडेल्धुरा र कैलालीमा एकएकजनालाई डेंगु देखिएको हो ।  


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts