कैलालीको लम्कीमा अत्याधुनिक सेवासहितको अस्पताल संञ्चालन



Download our app to get more features

धनगढी, १ चैत । कैलालीको लम्कीमा शुक्रबारदेखि अत्याधुनिक सेवासहित लम्कीचुहा अस्पताल सञ्चालनमा आएको छ।

चौबिसै घण्टा इमरजेन्सी र विशेषज्ञ डाक्टर सहितको ओपिडी सेवा रहने अस्पतालको लम्कीचुहा नगरपालिकाका नगरप्रमुख महादेव बजगाईले उद्घाटन गरेका छन् । विगतमा बलिया स्वाथ्यचौकीको रुपमा सञ्चालनमा रहेको सो अस्पतालको १५ शैयामा स्तरोन्नति भएको हो ।

अस्पतालमा एक्सरे, भिडियो एक्सरे, सबै प्रकारका रगत, दिसापिसाब, खकार चेकजाँचका साथै होलबडी चेकअफ निःशुल्क तथा शुलभ रकममा सेवा लिन सकिने नगर प्रमुख महादेव बजगाईले बताए । साथै अस्पतालमा चौबिसै घण्टा एम्बुलेन्स सेवा समेत रहने बताइएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts