अस्पतालले दियो प्रधानमन्त्रीलाई छुट्टी, सावधानी अपनाउन सुझाव

काठमाडौं, ३० फागुन । प्रधानमन्त्री केपी शर्मालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।
शुक्रबार साँझ प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गरिएको हो ।
त्रिवि शिक्षण अस्पतालमा गत १९ गते अस्पताल भर्ना भएको प्रधानमन्त्रीको २१ गते मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।
अस्पतलबाट डिस्चार्ज भएका प्रधानमन्त्री ओलीलाई भने हिँडडुल, भिडभाडबाट जोगिन सुझाव दिएको छ ।
अस्पताल बसाईको क्रममा ५ लाख रुपैयाँ खर्च भएको जनाइएको छ ।
उनको स्वास्थ्य स्थिति सामान्य रहेको भन्दै अस्पतालले डिस्चार्ज गरेकोे हो ।
Last modified on 2020-03-14 09:56:10