सबै विदेशीलाई अर्काे सूचना जारी नभएसम्म अन एराइभल भिसा नदिइने



Download our app to get more features

काठमाडौं, ३० फागुन । अध्यागमन विभागले विदेशीलाई भिसा अन एराइभल दिन बन्द गरेको छ । विभागले कोराना भाइसरको संक्रमण रोकथामका लागि भन्दै भिसा बन्द गरेको जनाएको छ । विभागले अर्काे सूचना जारी नभएसम्म भिसा अन एराइभल दिन बन्द गर्ने निर्णय गरेको हो । 

साथै विभागले सबै विदेशीलाई नेपालमा आउने नै हो भने कम्तीमा सात दिन अगाडि सम्म कोरोनाको संक्रमण नभएको पुष्टि भएको प्रमाण प्रेस गर्नुपर्ने छ । यसरी विदेशबाट आउनेले १४ दिनसम्म क्वारेन्टाइनमा पनि बस्नु पर्नेछ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts