चीनबाट फर्किएका युवक सेती अस्पतालको आईसोलेसन वार्डमा

धनगढी, ३० फागुन । चीनबाट फर्किएका धनगढीका एक युवक सेती प्रादेशिक अस्पतालमा भर्ना भएका छन्। केही समयअघि चीनबाट फर्किएका युवक बीहिबार अस्पताल भर्ना भएका हुन्। सेती प्रादेशिक अस्पतालका डाक्टर जगदिश प्रसाद जोशीले ज्वरो, रुघाखोकी र छाती दुःख्ने समस्या देखिएपछि अस्पताल पुगेका युवकलाई आईसोलेसन वार्डमा राखिएको बताए।
चीनबाट फर्किएकाले उनलाई कोरोना भाइरस सङ्क्रमण भएको आशंकामा नमुना संकलन गरी काठमाडौँ पठाउने तयारी भइरहेका डाक्टर जोशीले बताए। यसअघि पनि चीनबाट फर्किएका सहित गरी सुदूरपश्चिमकै चार जना पनि शंकास्पद लक्षण देखिएपछि सेती अस्पताल भर्ना भएका थिए। उनीहरुको नमुना परिक्षण गरिएको थियो। तर रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको थियो।