कोरोना भाइरसबारे जानकारी दिन कलसेन्टर सञ्चालन, १११५ मा फोन गर्न सकिने

काठमाडौं, ३० फागुन । सरकारले कोरोना भाइरसबारे नागरिकलाई जानकारी दिन र गुनासो लिनका लागि शुक्रबारबाट कल सेन्टर सञ्चालनमा ल्याएको छ।
कोरोना भाइरसबारे जानकारी लिन १११५ मा फोन गर्न सकिने इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले बताए । कल सेन्टर २४ घण्टा नै सञ्चालनमा हुने डा पाण्डेले बताए । उनका अनुसार कल सेन्टरमा ६ जना कर्मचारी छन् ।
पाण्डेका अनुसार कोरोना भाइरस साथै ज्वरो, रूघाखोकी र अस्पताल, उपचार, कोरोना परीक्षणका बारेमा पनि कल सेन्टरमा कुरा गरेर सोध्न सकिने छ । यसका साथै नागरिकका गुनासो पनि लिने गरिन्छ ।