विश्व मिर्गौला दिवसमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा विशेष कार्यक्रम

काठमाडौं, ३० फाल्गुन । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विशेष कार्यक्रम गरी विश्व मिर्गौला दिवस मनाएको छ ।
“मृर्गाैला स्वास्थ्य जहाँ सुकै जो सुकैको लागि, रोकथाम देखि पहिचान र उपचारमा समान पहँुच ” मूल नाराका मनाइएको कार्यक्रमा बोल्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले विश्वमा नसर्ने रोग मृत्यूको प्रमुख कारण भइ मिर्गौला फेल हुनु पनि त्यसमध्येको एक रहेको बताए । उनले विभिन्न अंग फेल हुने र त्यसबाट बच्न बचाउन विभिन्न जनचेतना मूलक कार्यक्रमको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे ।
यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले स्वस्थ्य रहनको लागि खान पान र आयम व्यायममा जोड दिनुपर्ने बताए । स्वास्थ्यकर्मीहरुले दिएको सल्लाहरु नमान्दा पनि कतिपय रोगहरु लाग्ने र जटिल बन्ने गरेको भन्दै अस्पतालले दिएको सेवाको प्रशंसा गरे ।
बेलायतबाट आएका प्रत्यारोपणविद् प्रा डा डेभिड टल्बटले नेपालले प्रत्यारोपण क्षेत्रमा हाँसील गरको प्रगतिबाट सन्तोष व्यक्त गरे । उनले आफ्नो मातहतमा रहेर बेलायतमा तालिम गरेको डा पुकारचन्द्र श्रेष्ठ र अन्य नेपाली चिकित्सक टोलीले नेपालमा अंगदान र प्रत्यारोपणको क्षेत्रमा निकै प्रगति गरेको भन्दै प्रशंसा गरे ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्रमुख डा पुकार चन्द्र श्रेष्ठले सरकारले अंगदान र अंग प्रत्याारोपण कानून विश्वकै उदार भएको जानकारी दिँदै सबैले निसंकोच दान गर्नु पर्ने र लैंगिक भेदभाव कम गर्न पनि सवैवाट अंगदान गर्नुपर्ने जरुरी भएको कुरामा जोड दिए ।
कार्यक्रमको अवसरमा प्राडा टल्वटलाई विशेष सम्मान गरिएको थियो ।