नर्सिङ काउन्सिल घुस प्रकरणः फेक आइडीबाट च्याट गरिएको परिषदको दाबी

निश्पक्ष छानवीन गर्न नर्सिङ संघको माग



Download our app to get more features

काठमाडौं, २९ फागुन । नेपाल नर्सिङ काउन्सिलको सदस्यले विद्यार्थीसँग घुस मागेको भन्ने फेसबूक च्याट बाहिरिएसँगै काउन्सिलले आधिकारिक प्रतिक्रिया दिएको छ । 

परिषद्की सदस्य जीता बरालको फेसबूक एकाउन्टबाट एक विद्यार्थीसँग भएको संवादमा घुस मागिएको स्कृन सट सामाजिक सञ्जालमा भाइरल भएसँगै परिषद्ले त्यसको खण्डन गर्दे विज्ञप्ति निकालेको हो । परिषद्ले उक्त घटनामा संलग्न देखिएको सदस्यसँग सोधपूछ गर्दा फेक आइडी बनाएर परिषद्का पदाधिकारीलाई बदनाम बनाउन खोजेको जवाफ पाएको जनाएको छ । घुस प्रकरणमा संलग्न भनिएकी सदस्य जीता बरालले फेक आइडी सम्बन्धी उजुरी सम्बन्धित निकायमा दिइसकेको पनि परिषद्ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

नर्सिङ लाइसेन्सको परीक्षा प्रकृया वैज्ञानिक, निश्पक्ष र पारदर्शी हुने भन्दै शंका नगर्न पनि परिषदले अपिल गरेको छ । राज्यको एउटा नियमनकारी निकायको रुपमा रहेको स्वच्छ छवि रहेको संस्थालाई लाञ्छना लगाएको भन्दै परिषद्ले भत्र्सना जनाउँदै दोषीउपर छानवीन र कार्वाहीको माग गरेको छ । 

निश्पक्ष छानवीन गर्न नर्सिङ संघको माग
नर्सहरुको छाता संगठन नेपाल नर्सिङ संघले पनि सो प्रकरणमा प्रतिक्रिया जनाएको छ । संघले एक विज्ञप्ति जारी गर्दै परिषद्का पदाधिकारीको नाम मुछिएर आएको घटनाको निश्पक्ष छानवीन गरि कार्वाही गर्न माग गरेको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts