कोरोना नियन्त्रण गर्न प्रत्येक वडामा समन्वय समिति, आशंका लागे फोन गर्न सकिने



Download our app to get more features

काठमाडौं, २९ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य परीक्षणका क्रममा कोरोना भाइरस संक्रमण भएको आशंका लागेमा व्यवस्थापनका लागि ५ वटा सम्पर्क नम्बर तोकेको छ । कोरोना भाइरस फैलन नदिने योजनासहित स्थानीय तहहरुलाई पनि पत्राचार गर्दै मन्त्रालयले सम्पर्क फोन नम्बर व्यवस्था गरेको हो । 

मन्त्रालयले प्रत्येक वडामा कम्तीमा एक र बढीमा आवश्यकता अनुसार समन्यन समिति गठन गर्ने, प्रत्येक स्थानीय तहमा समन्वयन समिति गठन गर्ने पनि जनाएको छ । 

गठीत समितिको काम समेत मन्त्रालयले तोकेको छ । जसअन्तर्गत वडास्तरीय समन्वयन समितिले स्वास्थ्य जाँचको क्रममा कोरोना भाइरस संक्रमण भएको आशंका लागेमा थप व्यवस्थापनका लागि ती नम्वरमा सम्पर्क गर्न सक्ने मन्त्रालयले जनाएको छ । वडास्तरको समितिले १००.४ डिग्री फरेनहाइट भन्दामाथि ज्वरो निरन्तर आएमा, सास फेर्न गाह्रो भएका, छाती दुखेका, रुघाखोकी लागेकाहरुको निगरानी गर्नु पर्ने छ । स्थानीय तहहरुले यस्ता लक्षण भएका बिरामीको तत्काल उपचारको व्यवस्था मिलाउने वा मिलाउन लगाउनु पर्नेछ । 
थप उपचारका लागि वडा स्तरीय समितिले ९८५१२५५८३४, ९८५१२५५८३७, ९८५१२५५८३९ र ४२५०८४२ वा ४२५०८४५ नम्बरमा सम्पर्क गर्ने र सुझाव बमोजिम काम गर्नु पर्नेछ । 

Last modified on 2020-03-12 16:58:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts