नेपाली सीमा नजिकैको भारतीय शहर लखनउमा कोरोना संक्रमित भेटियो



Download our app to get more features

धनगढी, २९ फागुन । भारतको उत्तर प्रदेश राज्यको लखनउमा पहिलोपटक कोराना संक्रमित भेटिएका छन् ।

धनगढी देखि २ सय ५० किलोमिटर टाढा रहेको लखनउमा कोरोना भाइरसको पहिलो संक्रमित व्यक्ति फेला परेको हो । प्रदेश राज्यको राजधानी लउनऊमा एक महिलालाई कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।धनगढीबाट ६ घण्टाको समयमा उक्त स्थानमा पुग्न सकिन्छ ।

किंङ जर्ज मेडिकल विश्वविद्यालय (केजीएमयू) का अनुसार क्यानडाबाट आफन्त भेट्न लखनऊ आएकी महिलामा जाँचका क्रममा कोरोना भाइरस संक्रमण पुष्टि भएको भारतीय सञ्चार माध्यमले जनाएको छ । ती महिलालाई केजीएमयूको आइसोलेशन वार्डमा राखिएको छ । जाँचका क्रममा ती महिलाका श्रीमानमा भने कोरोना नेगेटिभ पाइएको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ७३ जना पुगेको छ । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts