कोरोना रोकथाम र नियन्त्रण गर्न सरकारद्वारा चार रणनीति सार्वजनिक



Download our app to get more features

काठमाडौं, २९ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)  रोकथाम र नियन्त्रणसम्बन्धी रणनीति तथा योजना सार्वजनिक गरेको छ । विहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयले चार रणनीति र दुई योजना सार्वजनिक गरेको हो । 

मन्त्रालयको रणनीतिमा कोरोना रोकथामका लागि नेपाल प्रवेशमा सबै प्रकारका रोक, नागरिक चेतना, निगरानी क्वोन्टाइन, बिरामीको उपचार तथा व्यवस्थापनलगायत छन् । यस्तै कोभिड–१९ फैलिएको अवस्थामा सरकारले पकेट एरिया लकडाउन, कोरोना प्रभावित राष्ट्रबाट हुने सबै प्रकारका हवाइ उडान महामारी अवधिभर स्थगन, स्थलगत आवागमनका नाकाहरु बन्द, अत्याबश्यक सामाग्री बाहेक अन्य वस्ुहरुको आयात निर्यात बन्द गनेसम्मका योजना सरकारको रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । 


 

Last modified on 2020-03-12 15:08:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts