जथाभावि औषधि बिक्री वितरण गर्नेलाई कारबाही गरिने

काठमाडौं, २८ फाल्गुन । औषधि व्यवस्था विभागले अनावश्यक रुपमा औषधि बिक्री वितरण गर्नेलाई कारबाही गर्ने भएको छ ।
विभागले सूचना जारी गर्दै विश्वभर फैलिएको नोवेल कोरोना भाइरसको त्रासको बेला औषधि पसलहरुले अनावश्यक औषधि बिक्री वितरण गर्ने गरेको पाइएकोले जथाभावि औषधि खरिद विक्रि नगर्न अपिल गरेको हो ।
विभागका अनुसार विभिन्न निकायबाट गरिएको अनुगमनको क्रममा स्वास्थ्यजन्य सागम्री मास्क, ह्यान्ड स्यानिटाइनर र पारा सिटामोल औषधि असामान्य परिमाणमा विक्रि वितरण हुने गरेको छ ।
भारत सरकारले निर्यातमा रोक लगाएको भनिएका १३ प्रकारका औषधिरुका कच्चा पदार्थ तथा तयारी औषधिहरुको बजारमा अभाव नरहेको र विकल्पमा अरु औषधिहरु समेत पर्याप्त रहेकाले विश्वस्त रहन विभागले आग्रह गरेको छ ।
साथै अनुभवका आधारमा बिक्रि वितरण र प्रयोग गर्न सकिने औषधिको अधिक वा अनुचित प्रयोगले कडा खालका प्रतिकुल असर पार्ने भएकाले त्यस्ता औषधि बिक्रि वितरण गरेको पाइएमा कारबाही हुन सक्ने समेत चेतावनि दिएको छ ।
यस्तो छ विभागले जारी गरेको सूचना: