प्रधानमन्त्रीलाई मिर्गौला दिने समीक्षालाई पनि सँगै डिस्चार्ज गरिने
काठमाडौं, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलालाई पनि प्रधानमन्त्रीसँगै डिस्चार्ज गरिने भएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको प्रमुख चिकित्सक डा. दिव्यासिंह शाहले संग्रौलालाई पनि एकैपटक डिस्चार्ज गरिने बताएकी हुन् । अस्पताल र चिकित्सकले समीक्षालाई डिस्चार्ज गर्न खोजेपछि उनी आफैले प्रधानमन्त्रीसँगै डिस्चार्ज हुने इच्छा देखाएको चिकित्सकले दावी गरेका छन् ।
निजी चिकित्सक डा. शाहका अनुसार समीक्षाको स्वास्थ्य अवस्था राम्रो छ । उनले चाहेको खण्डमा जुनसुकै बेला डिस्चार्ज लिनसक्छिन् । संग्रौला नाताले प्रधामन्त्री केपी शर्मा ओलीकी भाञ्जी हुन् ।