नेपालमा अहिलेसम्म ४ सय ४१ जनामा कोरोनाको आशंका, विमानस्थलमा थपियो जनशक्ति र उपकरण

काठमाडौं, २६ फाल्गुन । नेपालमा अहिलेसम्म ४ सय ४१ जनामा कोरोना भाइरसको आशंका गरिएकोमा सबैमा नेगेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार जारी गरेको विज्ञप्तिमा माघ ९ गतेबाट चीनबाट फर्किएका एक नेपाली बाहेक हालसम्म ४ सय ४१ जनाको नमूना परीक्षण गरिएकोमा कसैमा पनि पोजेटिभ नदेखिएको जनाएको हो ।
मन्त्रालयले हालसम्म कोभिड–१९ को संक्रमण नदेखिएपनि विश्व स्वास्थ्य संगठनको जोखिमको सूचिमा नेपाल रहेकाले सचेत र सतर्क रहन सबैलाई आग्रह समेत गरेको छ ।
विज्ञप्तिमा एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप जनशक्ति र उपकरणको व्यवस्था गरिएको र विमानस्थलमा संक्रमण रोकथामका लागि नियमित रुपमा औषधिसहितको स्प्रे गर्ने काम भइरहेको पनि जनाइएको छ ।
हेरौं मन्त्रालयले निकालेको विज्ञप्तिः