होलीमा खेलिने रंगले छालामा गर्छ यस्ता असर



Download our app to get more features

बसन्त ऋतुको आगमनसँगै होलीमा रंगहरूसँग रम्न चाहनेहरूलाई होली खेल्दा हुन सक्ने स्वास्थ्यसम्बन्धी समस्या अवगत हुन आवश्यक छ । यो पर्वमा विशेष गरी विभिन्न रंगहरू आपसमा दल्ने गरिन्छ । तर कतिपयले रंगीन पानी, बेलुनमा फोहोर पानी र हानिकारक केमिकल समेत दल्ने गरेको पाइन्छ । यस्ता काम होलीको दिन रमाइलो लागे पनि होलीपछि यी रंग र केमिकलले छालाका गम्भीर समस्या देखिने स्वास्थ्यकर्मीहरूको भनाइ छ । 

होलीमा खेलिने रंगहरू कालो, हरियो, रातो हुन्छन् । यी केमिकलले लामो समयसम्म छालामा असर देखाउन सक्छन् । यसबाहेक अविर सुख्खा पाउडर हो । अविरमा मिका भन्ने तत्व राखिएको हुन्छ । जसले छालामा सानासाना घाउ बनाउन सक्छ । जसले छालामा संक्रमण फैलन सक्छ । समग्रमा रंगहरूले छाला चिलाउने, पोल्ने, फोका आउने, कत्ला देखिने हुन्छ । दाद र डण्डीफोर भएका व्यक्तिमा रंगहरू झनै घातक हुन्छन् । आँखामा रंग परेमा समस्या झन बढ्ने गर्छ ।

कसरी जोगिने
धेरै बेरसम्म छालामा रंग रहन नदिने । 
पानीले तुरुन्तै रंग पखाल्ने । 
होली खेल्नुअघि र पछि चिल्लो क्रिम लगाउने । 
धेरै समय घाममा नबस्ने ।
आँखामा रंग पर्न नदिने ।
सकेसम्म प्राकृतिक रंगको प्रयोग गर्ने । 

Last modified on 2020-03-08 18:00:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts