अत्यावश्यक सामग्री महँङ्गो मूल्यमा बिक्रि वितरण नगर्न मेडिकल आपूर्ति संघको आग्रह

काठमाडौं, २५ फाल्गुन । बजारमा औषधिजन्य अत्यावश्यक सामग्री महँङ्गो मूल्यमा बिक्रि वितरण नगर्न रासायन तथा मेडिकल आपूर्ति संघले आग्रह गरेको छ ।
चीनको वुहान राज्यमा देखिएको कोरोना भाइरसका कारण नेपाल आयात हुने औषधिजन्य कच्चा पदार्थ आपूर्तिको अभाव हुने भएपनि व्यवसायीहरुलाई महँङ्गोमा सर्जिकल मास्क, ह्यानड स्यानिटाइजर, ग्लभ्स जस्ता सामान सर्वसुलभ रुपमा उपलब्ध गराउन आग्रह गरेको छ ।
संघले सूचना जारी गर्दै मुख्य आयात हुने मुलुक चीन र भारतमा कोरोना भाइरसको प्रभाव देखिएपछि ती मुलुकले सामग्री निर्यातमा रोक लगाएपनि नेपालमा अहिले त्यसको अभाव नहुने भएकाले महँङ्गो र कालोबजारीमा सामान बिक्रि नगर्न भनेको छ ।
साथै संघले त्यस्तो गरेको पाइएमा सर्वसाधारणले खबर गर्न पनि आग्रह गरेको छ ।