नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षामा पहिलो पटक ८ जना मिडवाइफ सहभागी



Download our app to get more features

काठमाडौं, २४ फाल्गुन । नेपाल नर्सिङ काउन्सिलको २४ औं नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा अहिले केहिबेरमा सुरु हुँदैछ । 

काठमाडौंको चार परीक्षा केन्द्रमा  हुने परीक्षामा पहिलो पटक ८ जना मिडवाइफ सहित  ५ हजार १६ नर्स तथा मिडवाइफ सहभागी हुने परिषदले जनाएको छ । 

अहिले १० बजेबाट सुरु हुने परीक्षाका लागि आर्मी स्वास्थ्य विज्ञान संस्थान सानोभर्‍याङ, सिद्धार्थ वनस्थली स्कुल, भानुभक्त मावि पानीपोखरी र शिवपुरी मावि बालुवाटारमा परीक्षा केन्द्रमा तोकिएको छ । 

Last modified on 2020-03-07 09:56:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts