न्याम्सले स्थगित गर्यो दीक्षान्त समारोह

काठमाडौं, २३ फागुन । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले ७ चैतका लागि तोकेको दीक्षान्त समारोह स्थगित गरेको छ ।
न्याम्सले कोरोना भाइरसको संक्रमण रोकथाम र जोखिम कम गर्न सर्तकता अपनाउनु पर्ने बेला आएको भन्दै दीक्षान्त समारोह स्थगित गरेको जनाएको छ ।
शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै न्याम्सले अर्को सुचना प्रकाशित नभएसम्म दीक्षान्त समारोह स्थगित भएको उल्लेख गरेको छ । यो न्याम्सको तेस्रो दीक्षान्त थियो ।