अख्तियाद्धारा नर्सविरुद्ध मुद्धा दायर
![](/image.php?src=http://www.hamrodoctor.com/uploads/news/2016/56e7a4cde1f6b.jpg&w=800&h=480&static=true)
काठमाण्डौं, २ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको भन्दै एक स्टाफ नर्स विरुद्ध मुद्धा दायर गरेको छ ।
आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर सेवा सुरु गरेको भन्दै गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा कार्यरत उषा शर्मा यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता कृष्णहरि पुस्करकाअनुसार यादवले नियुक्ति प्रयोजनका लागि पेस गरेको विहार विद्यालय परीक्षा समिति पटना भारतबाट सन् १९९६ मा माध्यामिक तह उत्तीर्ण गरेको भनिएको प्रमाणपत्र नक्कली पाइएको हो । आयोगले यादवलाई हदैसम्मको कारबाहीको माग गरेको छ ।
रासस