औषधि अभाव हुन नदिने औषधि उत्पादक संघको घोषणा, ६ महिना पुग्ने माैज्दात छ 



Download our app to get more features

काठमाडौं, २३ फागुन । स्वदेशी औषधि उत्पादकहरुको छाता संगठन नेपाल औषधि उत्पादक संघले कोरोना भाइरसका कारण त्रास बढेपनि औषधिको अभाव हुन नदिने दावी गरेको छ ।  

कोरोना भाइरसका कारण केही औषधि लगायत कच्चा पदार्थको निर्यातमा भारतले रोक लगाएपछि नेपाली बजारमा अत्यावश्यक औषधिको अभाव हुने हल्ला फैलिरहेका बेला संघको प्रतिक्रिया आएको हो । राजधानीमा शुक्रवार पत्रकार सम्मेलन आयोजना गरि संघले उद्योगी र व्यवसायीसँग गरि ६ महिनालाई पुग्ने अत्यावश्यक औषधि रहेको र उत्पादन पनि जारी रहेको बताए । 

नेपालमा औषधिका लागि आवश्यक कच्चा पदार्थ भारत र चीनबाट आयात हुने भएपनि आवश्यक परे अन्य मुलुकबाट समेत लिन सकिने संघले जनाएको छ ।  भारतले नेपालको सन्दर्भमा निर्यात खुकुलो बनाउने गरि पहल गर्न सरकारसँग आग्रह गरेको पनि संघका अधिकारीहरुले जनाएका छन् । संघले यस्तो परिस्थितिमा कच्चा पदार्थ आयातमा सहज बनाउन सरकारसँग माग पनि गरेको छ । 

कच्चा पदार्थमा मुल्यवृद्धि भएमा औषधिको पनि मुल्य वृद्धि हुनसक्ने संघले जनाएको छ । तर, यो अवस्था औषधि र कच्चा पदार्थ अभाव भएमा मात्र आउनेछ । संघका अध्यक्ष जीनारायण क्षेत्रीले यस्तो अवस्थालाई औषधिमा आत्मनिर्भर हुने अवसरका रुपमा लिनुपर्ने बताए । साथै उनले सरकारले यस कार्यमा सहयोग गर्नुपर्ने पनि बताए । 

नेपालमा हाल ६२ वटा उद्योग सञ्चालनमा छन् भने ४२ वटा खुल्ने चरणमा रहेको भन्दै संघका महासचिव विप्लव अधिकारीले सरकारको प्रोत्साहन भएमा नेपाल अब केहीवर्षभित्रै औषधिमा आत्मनिर्भर हुने बताए । 

Last modified on 2020-03-06 18:24:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts