प्रधानमन्त्रीले भन्नुभयो म छिट्टै काममा फर्कन्छु : रिमाल



Download our app to get more features

काठमाडौं, २३ फागुन । दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले आफु छिट्टै काम फर्कने बताएका छन् ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले शुक्रबार भएको कुराकानीलाई ट्वीटरमा लेखेका छन्, ‘प्रधानमन्त्री ओलीसँग वार्ता गर्न समय मिल्यो । उहाँले भन्नुभयो साथीहरुलाई भनिदिनुहोस् मेरो स्वास्थ्य अवस्था तीव्र गतिमा सुधार भईरहेको छ । म छिट्टै काममा फर्कन्छु ।

प्रधानमन्त्री ओलीको बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा दोस्रोपटक मिर्गाैला प्रत्यारोपण भएको थियो । उनलाई भान्जी नाता पर्ने शदिक्षा संग्रौलाले मिर्गौला दान गरेकी थिइन । उनी पनि अहिले त्रिवि शिक्षण अस्पतालमै उपचाररत छिन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts