प्रादेशिक अस्पताल जनकपुरमा स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टरको अभाव

लैङ्गिक हिंसामा परेकाको मुद्दा ओझेलमा



Download our app to get more features

जनकपुरधाम, २३ फाल्गुन । प्रादेशिक अस्पताल जनकपुरमा स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टरको अभावले महिला बिरामी सेवाग्राहीहरु समस्यामा परेका छन् ।
 
प्रादेशिक अस्पतालमा स्त्री तथा प्रसुति रोग विशेषज्ञका लागि ११ जना डाक्टर कार्यरत हुनु पर्नेमा एक जना महिला डाक्टर रुबी सिंह मात्रै छिन् । अस्पतालमा एक जना मात्रै कार्यरत स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा.सिंह पनि १५ दिनदेखि विदामा हुँदा सेवाग्राही समस्यामा परेका हुन् । 

विशेषगरि लैङ्गिक हिंसामा परेर अस्पतालमा स्वास्थ्य परीक्षण गराउन आउने महिलाहरु बढी प्रभावित भएको महिला अधिकारकर्मी शिला झाले बताइन् ।

अस्पतालमा महिला डाक्टर नभएकाले महिलाहरु गम्भीर समस्या भई अस्पताल जानुपर्दा पनि इच्छा विपरित पूरुष डाक्टरबाट सेवा लिनु परेको सेवाग्राहीले गुनासो गरेका हुन् ।

लैङ्गिक हिंसामा परेर अस्पतालमा स्वास्थ्य परीक्षण गराउन गएकी २० वर्षीया युवतीको महिला डाक्टर नभएपछि स्वास्थ्य परीक्षण हुन नसकेको र ती युवतीले आफूलाई स्वास्थ्य परीक्षण गर्ने डाक्टर महिला स्त्री रोग विशेषज्ञ नै हुनुपर्ने माग गरेपछि उनको ४ दिन वितिसक्दा पनि जिल्ला प्रहरी कार्यालय धनुषाले स्वास्थ्य परीक्षण गराउन सकेको छैन ।
 
लैङ्गिक हिंसापीडित महिलाहरुको स्वास्थ्य परीक्षणले हाल महिला डाक्टर नभएकाले अन्य अस्पतालमा स्वास्थ्य परिक्षण गराउन सल्लाह दिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.नागेन्द्र यादवले बताए । 

उनले भने, ‘अहिले अस्पतालसँग महिला डाक्टर नभएकाले अन्य अस्पतालमा स्वास्थ्य परीक्षण गराउन भनिएको छ । संघीय सरकारसँग महिला डाक्टरका लागि भनिएपनि कुनै सुनुवाइ नभएकाले समस्या भएको हो ।’

अस्पतालमा पीडितले स्वास्थ्य परीक्षणका लागि महिला डाक्टर माग गरेपछि जिल्ला प्रहरी कार्यालय धनुषाले उनको स्वास्थ्य परीक्षण गराउन कुनै पहल कदमी नलिएको र मुद्दासमेत दर्ता नगरेको पीडित युवतीले गुनासो गरेकी छिन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts