कोरोना रोक्न सुदूरपश्चिम सरकारले गर्यो तीन निर्णय



Download our app to get more features

धनगढी, २२ फागुन । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण र रोकथामको पूर्वतयारी थालेको छ । समाजिक विकास मन्त्रालयले कोरोना रोकथाम तथा पूर्व तयारीको लागी तीन वटा निर्णय गरेको जनाएको छ ।

कोरोना भाइरस रोकथामका लागि आवश्यक पर्ने सुरक्षाका सामग्री तथा आवश्यक सामग्री व्यवस्थापन गर्न प्रदेश आपूर्ति स्थापना केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको मन्त्रालयले जानकारी दिएको छ । यस्तै प्रदेशभरका सम्पूर्ण सरकारी, गैरसरकारी संस्था तथा अस्पतालहरूलाई पूर्वतयारी अवस्थामा रहन र आवश्यक व्यवस्थापन गर्न अनुरोध गरेको मन्त्रालयका निमित्त प्रदेश सचिव झंकर बोहराले जानकारी दिए ।

कोरोना भाइरसका रोकथाम गर्न प्रयोग हुने मास्क, सेनिटाइजर, ग्लब्स तथा औषधिलगायतका सामग्रीको नियमित आपूत्र्ति व्यवस्थापनका लागि बजार अनुगमन गर्न सम्पूर्ण जिल्ला प्रशासनलाई पत्राचार गरिएको बोहोराले जानकारी दिए । त्यस्तै सुरक्षा निकाय, शिक्षण संस्थाहरुले कोरोना भाइरस प्रतिरक्षा कार्यका लागि सामाजिक मन्त्रालयबाट तयार गरेको जनचेतनामुलक सूचना र सोको कार्यान्वयनका लागि लेखी पठाउने, कोरोना भाईरसको प्रतिरक्षाका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जिल्ला विपद् व्यवस्थापन समितिलाई आन्तरिक तथा कानुन मन्त्रालयले पत्राचार गर्नैलगायतका कार्यहरु सामाजिक विकास मन्त्रालयले अगाडि बढाएको छ ।

मन्त्रालयले भाइरस निर्मुल नहुञ्जेलसम्म ठुला समारोह, महोत्सव, मेला तथा बढी भीडभाड हुने कार्यक्रम आयोजना नगर्न सबैमा अनुरोध समेत गरेको छ । सय डिग्री फरेनाहाइड भन्दामाथि ज्वरो आएमा, अन्य क्षेत्रबाट आएको व्यक्तिमा लक्षणहरु देखिन गएमा तुरुन्त चिकित्सकको सल्लाह लिन आग्रह गरेको छ ।

यस्तै जंगली तथा घरेलु पशुपन्छीसँग असुरक्षित सम्पर्कबाट टाढा रहन, पशुजन्य मासु, अण्डा राम्रोसँग पाकेको मात्र खान, खोक्दा र हाछ्यु गर्दा नाक, मुख छोपी सर्तकता अपनाउन सबैमा अपील गरेको छ ।

Last modified on 2020-03-05 17:13:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts