भीडभाड हुनेगरी कुनै पनि कार्यक्रम नगर्न जिल्ला प्रशासनको सूचना



Download our app to get more features

काठमाडौं, २२ फागुन । कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीलाई दृष्टिगत गरी कुनै पनि किसिमका भीडभाड हुने कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गरेको छ । 

प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मानबहादुर बुढाद्वारा बिहीबार विज्ञप्तिमा अर्को निर्णय नभएसम्म कुनै प्रकारका उत्सव, मेला र पर्वका कार्यक्रम नगर्न अनुरोध गरेको हो। ‘यस्ता कार्यक्रममा सहभागी नहुन सबैमा अनुरोध छ,’ विज्ञप्तिमा उल्लेख छ।

यसअघि विश्व स्वास्थ्य संगठनले नेपाल पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेको र सचेत रहन आग्रह गरेको थियो । त्यसलगत्तै सरकारले सचेतता अपनाउन र भीडभाडमा नजान तथा भेला, सभा, सम्मेलनजस्ता कार्यक्रम नगर्न अपिल गरेको थियो।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts