ब्रेकिङ
दक्षिण कोरियाबाट फर्केका एकजना कोरोना 'संक्रमित' टेकु अस्पतालबाट फरार

काठमाडौं, २२ फागुन । कोरोना संक्रमणको आशंका गरिएका एक व्यक्ति टेकु अस्पतालबाट भागेका छन् ।
सुनसरी घर भएका ती युवा दक्षिण कोरियामा कार्यरत थिए । तर, ती व्यक्तिलाई त्यहाँ कोरोनाको संक्रमण देखिएको भन्दै नेपाल फकाइएको स्रोतको दावी छ । नेपाल आएसँगै उनलाई विमानस्थलबाट सिधै बुधबार राति टेकु अस्पताल पुर्याइएको थियो ।
अस्पताल स्रोतका अनुसार अस्पतालमा उनको रगत परीक्षणका लागि तयारी हुँदैगर्दा उनी भागेका हुन् । अहिले प्रहरीले उनलाई खोजि गरिरहेको तथा अस्पतालमा यसबारे छलफल चलिरहेको पनि स्रोतले जनाएको छ ।
यो पनि पढ्नुहोस्
फलोअप: टेकु अस्पतालबाट भागेका भुजेल इटहरी पुगेको प्रहरीको भनाइ
Last modified on 2020-03-05 17:36:30