प्रधानमन्त्रीको स्वास्थ्य सामान्य बन्दै, आजबाट तरल पर्दाथ दिइने

काठमाडौं, २२ फाल्गुन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।
बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्रीको स्वास्थ्य अहिले क्रमिक रुपमा सामान्य बन्दै गएको अस्पताल स्रोतले जनाएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका निर्देशक प्राध्यापक डाक्टर कृष्ण खड्काले हाम्रो डाक्टर न्यूजलाई बताए अनुसार प्रधानमन्त्रीलाई आज ओरल माध्यमबाट तरल पदार्थ दिने तयारी छ ।
मिर्गौला प्रतयारोेपण पश्चात उनको स्वास्थ्य सामान्य हुँदै गएको र काम पनि राम्रोसँग गरिरहेकाले आज स्लाईनबाट नभई मुखबाट तरल पदार्थ दिन लागिएको उनले बताए । उनले प्रधानमन्त्री अहिले पोष्ट अप आईसीयूमा रहेको भन्दै चाँडै उनलाई भीभीआईपी वार्डमा सारिने पनि बताए ।
उनले भने, प्रधानमन्त्रीको आत्मविश्वास र डाक्टरहरुको सफल शल्यक्रियाका कारण चाडै रिकभर गरिरहनुभएको छ । जुन खुशीको कुरा हो । आशा छ उहाँलाई चाडै अस्पतालबाट विदाई गरिनेछ ।
डा.खड्काले प्रधानमन्त्रीकी भान्जी समिक्षाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।