औषधि व्यवस्था विभागले उद्योगी व्यवसायीलाई सोध्योः औषधिको मौज्दात कति छ ? 



Download our app to get more features

काठमाडौं, २१ फागनु । महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसका कारण विश्व नै आतंकित भएका बेला त्यसको स्वभावितक त्रास नेपालमा पनि बढेको छ । 

जसको असर नेपालको औषधि बजारमा पनि देखिएको छ । औषधि र त्यसको कच्चा पदार्थ निर्यातमा भारतले रोक लगाएसँगै निकट भविष्यमै औषधिको अभाव सिर्जना हुने होकी भन्ने डर उत्पन्न भएको छ । कच्चा पदार्थ र औषधिमा मूलतः भारतसँग निर्भर रहेको नेपालमा त्यहाँको निर्णयले कति असर गर्छ र औषधि उपलब्धता कस्तो छ भने औषधि व्यवस्था विभागले बुधवार सरोकारवालाहरुसँग छलफल गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, वाणिज्य मन्त्रालयका प्रतिनिधि सहित बैठकमा औषधि उद्योगी र आयातकर्ता सहभागी थिए ।  

सो क्रममा औषधि उत्पादक एवं आयातकर्ताहरुले तीन महिनाका लागि पुग्ने औषधि मौज्दात रहेको बताएको विभागका महानिर्देशक नारायण ढकालले हाम्रो डक्टर न्यूजलाई जानकारी दिए । बैठकमा औषधि उद्योगीहरुले विशेष अवस्थामा कच्चा पदार्थको आयात प्रकृयालाई सजिलो बनाइदिन माग गरेका थिए । उनीहरुले कच्चा पदार्थ आयातमा सजिलो भए ठूलो परिणाममा अत्यावश्यक औषधि बनाएर राख्न सकिने तर्क गरेका थिए । 

औषधि आयातकर्ता संघले भने अत्यावश्यक औषधिको निर्यातमा भारतले लगाएको रोक नेपालको सन्दर्भमा लागू नहुने गराउन कुटनीतिक पहल गर्न माग गरेको थियो । भारतसँगै नेपालमा ठूलोमात्रामा औषधि आयात हुने बंगलादेशबाट पनि औषधि निर्यात रोकिन सक्ने भन्दै आफुहरुले दुवै देशमा राजनीतिक एवं कुटनीतिक पहल गर्न अनुरोध गरेको औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले जानकारी दिए । 

मुख्यगरी भारतबाट नेपालमा औषधि र कच्चा पदार्थ आयात भएपनि भारतमा पनि सो कच्चा पदार्थ चीनबाट पुग्छ । कोरोना भाइरसका कारण चीनसँगको विश्वको सम्बन्ध टुट्दै गएका बेला कच्चा पदार्थको हाहाकार हुनसक्ने जानकारहरु बताउँछन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts