प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति सामान्य 



Download our app to get more features

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थय अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीको बुधबार दोस्रो मिर्गाैला प्रत्यारोपण पछि त्रि वि शिक्षण अस्पतलले प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य अवस्था बारे जानकारी दिएको छ । 

प्रधानमन्त्री ओलीलाई उनकी भान्जी समीक्षा संग्रौलाले मिर्गाैला दिएकी हुन् । प्रधानमन्त्रीको प्रत्यारोपण  प्रा.डा उत्तम कुमार शर्मा, प्रा.डा प्रेम ज्ञवाली, प्रा डा अनन्त कुमार लगायतको टोलीको सहभागिता रहेको थियो । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts