भेला, सभा, सम्मेलन महोत्सव तथा भिडभाड नगर्न धनगढी उपमहानगरपालिकाको अनुरोध



Download our app to get more features

धनगढी, २१ फागुन । कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै धनगढी उपमहानगरपालिकाले सतर्कता अपनाउन आग्रह गरेको छ। बुधबार एक सूचना जारी गर्दै महानगरले सतर्कता अपनाउन सम्पूर्ण नगरवासीलाई आग्रह गरेको हो।

महानगरले उक्त भाइरस छुँदा, नजिक बस्दा हावाको माध्यमबाट सर्ने भन्दै हात नमिलाउन, दुई मिटर टाढा बस्न, मास्क लगाउन, साबुनपानीको प्रयोग गरेर हात धुन, घरमा केहि दिनलाई पुग्नेगरी खानाको जोहो गर्न अनुरोध गरेको छ। 

‘कोरोना भाइरसको सम्वेदनशिलता लागि धनगढी उपमहानगरपालिका क्षेत्रभित्र कुनैपनि किसीमका भेला, सभा, सम्मेलन, महोत्सव, उत्सवका साथै मानिसहरुको भिडभाड गरिने किसीमका आयोजना नगर्न हुन सबैमा अनुरोध गरिन्छ’ नगरप्रमुख नृपबहादुर वडद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts