प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको छ। बुधबार बिहान १० बजे अप्रेशन थिएटरमा लगिएका प्रधानमन्त्रीको दिउँसो पौने तीन बजेतिर अप्रेशन सम्पन्न भएको अस्पताल स्रोतले जनाएको छ ।
मिर्गौलादाता समीक्षा संग्रौलाको शल्यक्रिया सकिए लगत्तै प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण भएको अस्पताल स्रोतले जानकारी दिएको छ। प्रत्यारोपण गरेको मिर्गौलाले पहिलो चरणमा काम गरेको प्रत्यारोपणमा संलग्न एक चिकित्सकले बताए । पहिलो चरणमा जोडिएको मिर्गौलाले काम गरेको छ । यसबाट पिसाव आएको छ । यसको अर्थ प्रत्यारोपण गरेको मिर्गौलाले काम गरेको उनको भनाइ छ ।
मिर्गौला प्रत्यारोपण टिममा शिक्षण अस्पतालका विशेषज्ञ चिकित्सकसँगै पहिलो पटक मिर्गौला पत्यारोपण गर्दा संलग्न तीन जना भारतीय चिकित्सकसमेत थिए । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीमो ०६४ सालमा भारतमा मिर्गौला प्रत्यारोपण भएको थियो ।