प्रधानमन्त्री ओलीलाई लगियो अप्रेसन थियटरमा

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अप्रेसन थियटरमा लगिएरको छ । प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गर्न लागिएको हो । उनलाई बुधबार १० बजे नै अप्रेसन थियटरमा लगिएको त्रि वि शिक्षण अस्पतालका निर्देशक प्रेम खड्काले जानकारी दिए ।
प्रधानमन्त्री ओलीलाई मिर्गाैला भान्जी समिक्षाले दिने भएकि छन् । मिर्गाैला प्रत्यारोपणका लागि करिब ५ घण्टा समय लाग्ने भएको छ ।