प्रधानमन्त्रीको शल्यक्रिया सफल होस् भन्दै सामाजिक सञ्जालमा शुभकामना दिनेको ओइरो



Download our app to get more features

काठमाडौं, २१ फाल्गुन । प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया सफल होस् भन्दै शुभकामना दिनेको ओइरो लागेको छ । 

सोमबार त्रिवि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको शल्यक्रिया सफल होस् र स्वास्थ्य लाभको कामना गर्दै सामाजिक सञ्जालदेखि विभिन्न संघसंस्थाले विज्ञप्ति मार्फत् शुभकामना दिन थालेका छन् ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भए लगतै स्वास्थ्य लाभको कामना गर्दै नेपाल चिकित्सक संघले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेको छ । 

यस्तै औषधि उत्पादक संघ, विभिन्न फर्मास्यूटिकल्स, चिकित्सक, शुभचिन्तक लगायतले आफ्नो सामाजीक सञ्जाल फेसबुक, ट्वीटर, व्यू च्याट लगायतबाट शल्यक्रिया सफल होस् भन्दै शुभकामना दिएका छन् ।

Last modified on 2020-03-04 13:08:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts