कोरोना त्रासः भारतले लगायो २६ थरी औषधिको निर्यातमा रोक



Download our app to get more features

काठमाडौं, २० फागुन । कोरोनाको सन्त्रास विश्वभर फैलिएका बेला भारतले अत्यावश्यक २६ थरी औषधिको निर्यातमा रोक लगाएको छ । 

भारतको वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको वाणिज्य विभागले एक सूचना प्रकाशित गर्दै निर्यात नीतिमा परिवर्तन गर्दै अत्यावश्यक औषधिहरु प्यारासिटामोल, केही एन्टीबायोटिक र भिटामिन सप्लीमेन्ट्सको निर्यातमा रोक लगाएको हो । कोरोना भाइरसको सम्भावित महामारीलाई मध्यनजर गर्दै भारतले कोरोनासँग लक्षण मिल्ने रुघाखोकी, ज्वरो, फलूजस्ता समस्यामा प्रयोग हुने औषधिको निर्यात रोक्ने निर्णय गरेको हो । यद्यपी उसले कोरोना भाइरसका बारेमा सूचनामा उल्लेख गरेको छैन । 

भारतमा हालसम्म ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये ३ जनालाई निको भइसकेको र बाँकी उपचारमा रहेको जनाइएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts