८ जनामा कोरोना परीक्षणः ५ जनालाई नेगेटिभ, २ जनामा इन्फ्लूयन्जा, एकजनाको पुनः परीक्षण

काठमाडौं, २० फागुन । कोरोना भाइरसको संक्रमण आशंका गरेर प्रयोगशाला परीक्षण गरिएका करिब सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
भाइरसको जस्तै लक्षण देखेर परीक्षण गरिएका पछिल्ला ८ नमूनामध्ये ५ जनामा कोरोना नेगेटिभ देखिएको छ भने २ जनामा इन्फ्लूयन्जा ए देखिएको टेकु अस्पतालले जनाएको छ । ती नमूनामध्ये एकजनाको पुनः परीक्षण गर्ने जनाइएको छ । हालसम्म नेपालमा एकजना बाहेक अरुलाई कोरोना भाइरस पोजेटिभ देखिएको छैन ।