वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानको दीक्षान्त समारोह अनिश्चितकालका लागि स्थगित



Download our app to get more features

काठमाडौं, २० फागुन । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आगामी २४ फागुनका लागि तय गरेको १३औं दीक्षान्त समारोह अनिश्चितकालका लागि स्थगन गरेको छ ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को जोखिम अन्तर्गत नेपाल पनि रहेको भन्दै विश्व स्वास्थ्य संगठनले चेतावनी दिएपछि सरकारलाई सहयोग गर्नेगरी भिडभाड नबढाउन समारोह स्थगित गरेको प्रतिष्ठानले जनाएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts