टेकु अस्पतालका प्रवक्ताको प्रष्टोक्तिः पछिल्लो चारजनाको रिपोर्ट नै आएको छैन
काठमाडौं, २० फागुन । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले कोरोना भाइरस संक्रमणको आशंकामा पछिल्लो समय भर्ना भएका चारजनाको रिपोर्ट आइनसकेको प्रष्ट पारेको छ ।
अस्प्तालका प्रवक्ता एवं सरुवारोग विशेषज्ञ डा. अनुप बास्तोलाले चारजनामा कोरोना भाइरस नेगेटिभ भनेर आएका समाचारहरु निराधार भएको बताए । हाम्रो डक्टर न्यूजसँग कुरा गर्दै डा. बास्तोलाले सम्भावित बिरामीको नमूना जाँचको रिपोर्ट मंगलबार साँझसम्ममात्र प्राप्त हुने बताए ।
उनले भने- विभिन्न सामाजिक सञ्जालमा रिपोर्ट नेगेटिभ पाइयो भनेको देखें त्यो गलत हो । हामीले ती बिरामीको नमूनाजाँच पछिको रिपोर्ट प्राप्त गरेका छैनौं । अहिल्यै केही भन्ने अवस्था छैन । बेलुकासम्म थाहा होला ।
Last modified on 2020-03-03 13:55:06