पेडियाट्रिक नर्सेस एशोसियसनको दोश्रो वार्षिकोत्सव, सप्ताहव्यापी कार्यक्रम चल्दै



Download our app to get more features

काठमाडौं, २० फागुन । बालबालिका तथा किशोरकिशोरीको स्वास्थ्य तथा सर्वागिंण विकासमा कार्यरत नर्सहरुको संस्था पेडियाट्रिक नर्सेस एशोसियसनले स्थापनाको दोश्रो वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । 

यस अवसरमा संस्थाले यहि फागुन १६ गतेदेखि २२ गतेसम्म बालस्वास्थ्यको सचेतना अभिवृद्धि लगायत कार्यक्रम आयोजना गरेको हो । संघले यससातालाई पेडियाट्रिक नर्सेस विकका रुपमा घोषणा समेत गरेको छ । साताव्यापी कार्यक्रम अन्तर्गत १६ देखि १८ गतेसम्म सामाजिक सञ्चाल र सञ्चारमाध्यमबाट पैरवी गरेको छ ।

त्यस्तै १९ गते सोमवार बसुन्धरास्थित फिलोसोफिस्का स्कुलमा बालबालिकाको स्वास्थ्य जाँच गरेको छ । सो परीक्षण कार्यक्रममा बालरोग विशेषज्ञ डा. रामहरी चापागाईं, बालरोगको क्षेत्रमा क्रियाशिल नर्सहरु अप्सरा पाण्डे, शोचना सापकोटा, भारती शर्मा, नारायणी लामिछाने, शारदा अर्याल, मनकेशरी महर्जन, भगवती कालिकोटे, आजन्ता महर्जन र आकृति श्री लगायत सहभागी थिए । शिविरमा नर्सरीदेखि ४ कक्षासम्म अध्ययनरत ४७ बालबालिकाको परीक्षण गरिएको थियो । 

साताव्यापी कार्यक्रम अन्तर्गत मंगलबार काठमाडौं विश्वविद्यालय धुलिखेलमा मा बालसुरक्षा सम्बन्धी कार्यशाला आयोजना गरिएको छ भने प्रसुति गृहमा जाँच गराउन आउने गर्भवतीहरुलाई स्तनपान परामर्श कार्यक्रम दिइएको छ । २१ गते पोखरामा पनि बालसुरक्षा सम्बन्धी कार्यशाला तय गरिएको छ । 

अभियानको अन्तिम दिन २२ गते चाइल्ड प्रोटेक्सन रिकोक्निजेसन एण्ड प्रोपोराइजेज (सिपीआरआर) नामक तालिम कार्यक्रम राखिएको छ । साताव्यापी अभियानको समापन समारोह भने कान्ति बालअस्पतालमा राखने संघकी अध्यक्ष अप्सरा पाण्डेले हाम्रो डक्टर न्यूजलाई जानकारी दिइन् । 

Last modified on 2020-03-03 18:46:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts