प्रधानमन्त्रीको स्वदेशमै मिर्गौला प्रत्यारोपण: नेपाल ट्रान्सप्लान्टेशन सोसाइटी हर्षित



Download our app to get more features

काठमाडौं, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै मिर्गौला प्रत्यारोपण गर्न लागेकोमा प्रत्यारोपण विशेषज्ञहरुको समाज नेपाल ट्रान्सप्लान्टेसन सोसाइटीले खुशी व्यक्त गरेको छ । 

सोसाइटीले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ- आफ्नै मुलुकका अनुभवी चिकित्सकहरुलाई विश्वास गरि समग्र नेपाली चिकित्सकहरुको हौसला बढाई नेपालमै मिर्गौला प्रत्यारोपण उपचार गर्न लाग्नुभएकोमा हामी सम्माननीय प्रधानमन्त्रीज्यूलाई हार्दिक धन्यवाद प्रकट गर्दै सफल प्रत्यारोपणका लागि शुभकामना व्यक्त गर्दछौं । 

सोसाइटीमा डा. भोलाराज जोशी अध्यक्ष रहेका छन् भने डा. ऋषिकुमार काफ्ले उपाध्यक्ष र डा. दिव्यासिंह शाह महासचिव रहेकी छिन् । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण टोलीको नेतृत्व गर्ने चिकित्सक डा. प्रेमराज ज्ञवाली कोषाध्यक्ष रहेको सोसाइटीमा डा. अनिल श्रेष्ठ, डा. विशेष पौडेल, डा. रमेशसिंह भण्डारी, डा. आरके अग्रवाल र डा. सुवास आचार्य कार्यसमिति सदस्य रहेका छन् । प्रधानमन्त्री ओलीको बुधवार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण हुँदैछ । 

Last modified on 2020-03-03 12:42:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts