मेडिकल कलेज जोरपाटीमा संक्रमण फैलिएका बिरामीको मिर्गौला 'फेल', दुई औषधिमा प्रतिवन्ध 



Download our app to get more features

काठमाडौं, २० फागुन । नेपाल मेडिकल कलेजको प्रसूति शल्यक्रियाबाट फैलिएको भनिएको संक्रमण औषधिका कारण उत्पन्न भएको पाइएको छ ।

गत फागुन ४ र ५ गते प्रसूति गराउनका निम्ति सो अस्पतालमा भर्ना भएका तीनजना महिलालाई समान खालको संक्रमण र समस्या देखिएको थियो । सो समयमा प्रयोग भएका सबै औषधि, उपकरण र प्रकृयाका बारेमा अनुसन्धान गर्दा औषधिका कारण उनीहरुको मिर्गौलामा गम्भीर समस्या ल्याउने दुईवटा औषधि भएको पाइएको हो । 

मेट्रिस र कम्पाउण्ड सोडियम ल्याक्टेटको प्रयोगले ती महिलामा समस्या आएको पत्ता लागेसँगै औषधि व्यवस्था विभागले ती दुवैथरी औषधिको बिक्रिवितरणमा रोक लगाएको छ । विभागले आज एक सूचना जारी गर्दै भारतीय कम्पनीका यी औषधिमा शंका लागेको भन्दै अर्को सूचना जारी नहुँदासम्म यी व्याचका औषधि बिक्रिवितरण गर्न रोक लगाएको हो । 

Last modified on 2020-03-18 15:25:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts