डा.सुर्खालीमाथि भएको घटनाप्रति गोदानको आपत्ति

काठमाडौं, २० फाल्गुन । डा.दुर्गा सुर्खालीमाथि भएको घटनाप्रति सरकारी चिकित्सक संघ गोदानले आपत्ति जनाएको छ ।
आठौं तहका डा. सुर्खालीले बलात्कारको केसमा गलत प्रतिवेदन दिएको भन्दै प्रहरी र अभिभावकले उनीमाथि अमानवीय व्यवहार गरेपछि संघले ध्यानाकर्षण भएको भन्दै घटनाबारे छानबिन गर्न समेत माग गरेको छ ।
डा. सुर्खालीले प्रहरी र अभिभावकको पूर्ण मञ्जुरीमा विधि पूर्वक सामुहिक बलात्कार भनिएको घटनामा पीडितको चेकजाँच गरि प्रतिवेदन प्रहरीलाई बुझाएका थिए । सोको केही महिना पश्चात पीडित पक्षकले अर्को अस्पतालमा फेरि चेकजाँच गराउँदा सो अस्पतालले सुर्खालीको भन्दा विपरित प्रतिवेदन बुझाएपछि उनलाई थुनामा राखेको र बिना उजुरी र आधार प्रहरीले कैदी समान व्यवहार गर्नु गलत भएको भन्दै संघका अध्यक्ष डा. दिपेन्द्र पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
घटनाबारे पीडित भनिएकाको पुनः सम्बन्धीत विषयको सबैभन्दा वरिष्ठ विशेषज्ञबाट जाँच गराउँदा डा.सुर्खालीकै प्रतिवेदन सत्य भएको ठहर गरियो । तर, हालसम्मपनि डा. सुर्खालीलाई साधारण तारिखमा रिहा भन्दै थुनामुक्त गरिएको भएतापनि प्रहरीबाट मानसिक रुपले पीडित हुनु परेकाले त्यस्ता कार्य गर्नेलाई कारबाहीको माग गर्दै सेवा ठप्प पार्ने चेतावनि समेत दिएको छ ।
यस्तो छ संघले निकालेको विज्ञप्तिः