खरिपाटी क्वारेन्टाइनमा रहेका सबैमा कोरोनाको लक्षण देखिएन, आजै घर पठाइने 



Download our app to get more features

काठमाडौं, १९ फागुन । चीनको बुहानबाट ४ फागुनमा उद्धार गरि ल्याइएको सबै १ सय ७५ जनामा कोरोना भाइरस नेगेटिभ देखिएको छ । गत सनिवार गरिएको दोस्रो पटकको स्वास्थ्य परीक्षणको रिर्पोटमा उनीहरू सबैमा कोरोना संक्रमण नभएको देखाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरूमा कोरोना पोजेटिभ नदेखिएपछि सोमबार नै घर पठाइने भएको छ । 

चीनबाट उद्धार गरि ल्याएसँगै उनीहरू भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा रहदै आएका छन् । उनीहरुको पहिलो पटक उद्धार गरेर ल्याएको भोलिपल्टै स्वाथ्य जाँच गरिएको थियो भने दोस्रो पटक शनिवार गरिएको हो । कोरोना परीक्षणको लागि घाँटी र नाकको र्यालको नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।  

उनीहरुलाई उद्धार गरि ल्याइएको विमानका चालक दलका १८ सदस्य आइतबार नै नगरकोट क्वारेन्टाइनस्थलबाट घर फर्किसकेका छन । 
 

Last modified on 2020-03-02 16:09:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts